Sunday, November 24सत्यम खबर
Shadow

तिमी यो देशलाई किन पछाडि तान्दै छौ

??कविता??
नेपालगन्ज, ६ माघ

संघर्षीत छु, अग्रगामी परिवर्तनका निम्ति ।
तिमी प्रतिगमन तानाशाही खोज्दै छौ ।

म धर्म निरपेक्षता लाई सशक्त गरौँ,
सबैको धर्म, आस्था काे सम्मान गरौँ भन्दै गर्दा,
तिमी आफ्नै धर्मका रट्टा लगाउँदैछौं ।
तिमी यो देश लाई किन पछाडी तान्दैछौं ।

सबैकाे पहुँचका निम्ति समाबेशी लाई सशक्त बनाऊ।
समानुपातिक पद्धति अझै मजबूत गरौँ, भन्दै गर्दा

तिमी टीका, टाले मात्र रहीरहुन भन्छौ ।
तिमी यो देशलाई किन पछाडि तान्दै छौ ।
बहू पहिचान, भेषभुषा, सांस्कृतिलाई अंगिकार गरौँ
धोती कुर्ता गम्छा पनि हाम्रै हुन भन्दै गर्दा,

तिमी एकल भेषभुषा कै कुरा गर्दैछौ ।
विभिन्न भेषभूषा, भाषाभाषी, धर्म सांस्कृतिका ।
नेपाली आमा का सन्तति हामी ।
म सयौ फूलको माला गुथ्न खोज्दा
तिमी एकफूल कै मालाकाे गाथा गाउँदैछौं ।
मा संघर्षीत छु अग्रगमन मा
तिमी प्रतिगमन मा अल्झदैछौं ।

देश सबैको साझा हो, समृद्धि मा लागौँ ।
जन्मभूमि प्राण भन्दा प्यारो भन्दै गर्दा
तिमी असामन सन्धिसम्झौता गरी गद्दारी गर्दैछौ ।
तिम्रै कुरा सुनेर होला ।
केही गणतन्त्र का गोही पनि खेल खेल्न खोज्दैछन् ।

बलिदानी हरुलाई लत्याई
पुन तानाशाह लाद्न खोज्दै छन् ।
तिमी र तिम्रा भरदारिया सहित लाई
विगत को ज्ञात गराउँदैछू ।
विगतका राणा, पञ्चायत राज संस्था
आर्य घाट मा पुर्याए झैँ ।
तिम्रा ती कुविचारलाई हार्दिक श्रद्धाञ्जली अर्पण

श्रवणकुमार यादब
अध्यक्ष
नेपालगन्ज नगर समिति जसपा, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *