Thursday, November 21सत्यम खबर
Shadow

लागुऔषध नियन्त्रणमा एसपी वीर बहादुर वलीलाई ठुलो सफलता

बाँके माघ २६ गते । बाँकेमा चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ५९ लागु औषध कारोवारीहरु पक्राउ परेका छन् ।
१ सय ८ मुद्धामा ६ भारतीय नागरीकसहित १ सय ५९ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरीक रहेका छन् । हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एम.एल. कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको बाँकेका प्रहरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले बताए । उनले आ.व. ०७३÷०७४ मा १३७ लागुऔषध मुद्धामा १ सय ८०, आव ०७४÷०७५ मा १४५ मुद्धामा ३१० र आव ०७५÷०७६ मा २४९ मुद्धामा ३७६ जना लागु औषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले शनिबार मात्र ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ईन्जेक्सनसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको संयुक्त टोलीले भे ९ प ६५२९ नंम्बरको स्कुटीको अगाडिको टायर कभरमा लुकाएर १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर लिएर नेपाल आउदै गरेको अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नं. १ का विष्णु पुरी र शिवराज पुरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरु नातामा दिदिभाई भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका भारतको जिल्ला बहराईच थाना मोतिनगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबुलाई २ सय ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो । जमुनाहा प्रहरीले चेकजाँच गर्दा मोटरसाईकलको हेल्मेटमा ब्राउन सुगर फेला परेको थियो । यसैबीच आईतबार बिहानै बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित इन्जेक्सन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज माधव रिजालका अनुसार नेपालगञ्ज, २ घरबारीटोलका २२ बर्षिय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडि मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउदै गरेको अवस्थमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । यी सबै घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *