नेपालगन्ज, १० माघ – नेपालगन्जको ११ नम्बर वडा पासाङल्याह्मु मार्गको विकास निर्माण कार्यलाई केहि स्थानियकाे अटेरीले गर्दा निर्माण कार्य अवरोध हुँदै आएको छ।
अध्यक्ष उज्ज्वल सिंह राठौरका अनुसार वर्ष दिन अगाडिदेखि नै टोलमा पटक-पटक सुचना टाँसने कार्य, सम्झौता भएको वा मौखिक पनि भनिएको भएपनि हाल दुई चार घर धनीले अटेरी गरिरहेका बताएका छन् ।
शुक्रबार जेसिबी तथा प्रहरी आएपछि घर धनीहरुले भत्काउने कार्य आफैले गर्ने भन्दै थप दुई दिन समय माग गरेका हुन। सो अनुसार समय उपलब्ध गराईएकाे जानकारी गराउँदै अध्यक्ष सिंहले भन्नुभयाे- अब पनि नभत्काएको खण्डमा दुइ दिन पश्चात् जेसिबी आएर आफै भत्काउने कार्य गर्ने बताएका छ्न।
यसैगरी वडा सदस्य मुबारक अलि सिद्दिकीको अनुसार आफ्नो कार्यलयले एक हाप्ते सुचना सबै घर घर टाँस गरिको समय सीमा पूरा भए पनि अटेरीहरुले अटेरी गरिरहेका छ्न्।अब आउने आईतबार वा सोमबार पुनः जेसिबी आएपछि भत्काउने कार्य सुचारु हुने वडा सदस्यसिद्दिकीले बताए ।