Sunday, November 24सत्यम खबर
Shadow

सयौं फूलका थुँगा हामी एउटा माला नेपाली …

म पहिचान बादी भएर के बिगारेयो ?
हाम्रो भेष, भुषा सांस्कृति लाई आफू जस्तै समानता देऊ भन्दा के विगारेयो ?
म नेपाली भएर पनि नेपालीपन को आभास गर्न पाउँ भन्दा के विगरियो ?

??कविता??
नेपालगन्ज, ६ माघ

एकल नश्लबादले राष्ट्रियता बलियो हुँदैन ।
एउटा भाषा एउटै भेष एउटा धर्म नलादौ भन्दा के विरयो ?
समाबेशी समानुपातीक रूपमा समृद्धि मा लागौं भन्दा के विगरियो ?

सयौ फूलका थुँगा हामी एउटा माला नेपाली …
सबै फूलहरुको माला ऊनौ भन्दा के विरायो ?
चार वर्ण छत्तीस जात जातिको फूलबारी भन्दैगर्दा ।
मैले तिम्रो फूलबारी सँगै मेरोमा सिँचाइ गर्देऊ भन्दा के बिरायो ?

तिम्रो लागि तिम्रो सबै थोक राम्रो होला
मेरो भेषभुषा, धर्म सांस्कृतिलाई जोगाई देऊ भन्दा के बिरयो ।
यो देश सबैको साझा हो जनसंख्या मेरो आधा हो ।
त्यसैको आधारमा समावेश गराइदेऊ भन्दा के बिरयों ?

उत्पिडित, उपेक्षित जनताकाे
पहिचान जोगाई देऊ भन्दा के विरयों ?
सघिय, लोकतन्त्र, गणतंत्र कै संविधान मा
समानुपाति समाबेशी धर्म निरपेक्षताका
अपुरो गिलास भरिदेऊ भन्दा के विरयाे ?

यो देश सबैको साझा हो जनसंख्या मेरो आधा हो
मेरो अस्तित्व पनि स्वीकार गर भन्दा के विरायों ?
म पहिचानवादी भएर के बिरायों ?

श्रवणकुमार यादब
अध्यक्ष
नेपालगन्ज नगर समिति जसपा, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *