Sunday, June 28सत्यम खबर
Shadow

ब्रिलियन्ट आई.टी. साेलुसन (बिटिएस) तथा ट्रेनिङ्ग सेन्टरकाे शुभाराम्भ

नेपालगन्ज, १ माघ – विश्व डिजिटल प्राविधिमा जाेडिएसँगै गाउँगाउँ र टाेलटाेलमा डिजिटल प्राविधि विस्तार गर्ने क्रममा नेपालगन्जकाे गणेशमानमा ब्रिलियन्ट अाई.टी. साेलुसन (बिटिएस) तथा ट्रेनिङ्ग सेन्टरकाे शुभाराम्भ गरिएकाे छ ।

माघे संक्रान्तिकाे शुभ अवसरमा बिहिबार नेपालगन्जकाे गणेशमान चाैकमा युनाईटेड नेपाल बाँके शाखा प्रमुख तथा केन लुम्बिनि प्रदेश महासचिव भाेजराज तिमिल्सेनाले ब्रिलियन्ट अाई.टी.साेलुसन (बिट्स) तथा ट्रेनिङ्ग सेन्टरकाे रिबेन काटी उद्घाटन गरेका छन् ।

उक्त ट्रेनिङ्ग सेन्टरबाट कम्प्युटर सम्बन्धि बेसिक तथा डिप्लाेमा तालिम, प्राेग्रामिङ्ग भाषाकाे तालिम, बेबसाईड बनाउने र बनाउन सिकाउने, कम्प्युटर सफ्टवेयरकाे निमार्ण र बिक्री, विभिन्न परिक्षाका तयारी कक्षाहरू र डिजिटल मार्केटिङ्ग सम्बन्धि क्लासहरू सञ्चालन गरिने संस्थाका कार्यकारी निर्देशक अंकित श्रीवास्तवले बताउनु भयाे ।

कार्यकारी निर्देशक श्रीवास्तवका अनुसार राम्राे र दक्ष प्राविधबाट सिकाउने र गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्राे प्रतिबद्धता रहेकाे बताउनु भयाे ।

उक्त संस्थाकाे अध्यक्षमा निर्मल जंग शाही, कार्यकारी निर्देशकमा अंकित श्रीवास्तव, सदस्यद्वय अाकाश चन्द्र भट्टराई र पंकज तिवारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *