नेपालगन्ज, २१ पौष – नेपालका युवा जमातलाई विदेशमा रोजगारी खोज्न पठाएर मुलुकको विकास हुन सक्दैन, देश भित्रका उत्पादन विदेश पठाएर आर्थिक आर्जन गर्न सके मात्र देश आर्थिक समृद्धितर्फ बढ्ने नेपालगन्ज भन्सार कार्यालयका अधिकृत जयबहादुर भण्डारीले बताएका छन् ।
नेपाल जडिबुटी व्यवसायी संघले मंगलबार आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा अधिकृत भण्डारीले उक्त भनाई राख्दै भने– “नेपाल प्राकृतिक रुपले सुन्दर छ, जल, जंगल र जमीन मुलुकको अमूल्य धरोहर हो, मल्ल काल र लिच्छवीकालमा नेपाल आर्थिक रुपले धेरै सम्पन्न थियो । तर अहिले हामी गरीब छौं, यो दुःखद हो, कोभिड–१९ काल व्यापारमा धेरै घाटा भएको छ, हाल आयात धेरै र निर्यात थोरै भएकोले मुलुक आर्थिक रुपले सम्पन्न हुन सक्दैन ।” बताउनुभयो ।
प्रमुख भण्डारीले “यसको लागि व्यापारीहरुले निर्यात बढाउन सक्नुपर्छ । यसको लागि देशका नीति निर्माताले निर्यात कसरी बढाउन सकिन्छ भन्नेतर्फ ध्याना पु¥याएर देश समृद्धतर्फ उन्मुख होस जस्तो नीति निर्माण गर्न सक्नुपर्छ” बताउनुभयो ।
बाहुवली हर्वल एण्ड एसंन्स प्रोडक्टका प्रोप्राईटर संजय जैनले– भारतबाट यहाँ जडीबुटी लोड गर्न जुन ट्रक बिहान ८ बजे आउँछ साँझ ३ बजे सम्म भन्सार नपुग्दा निर्यातमा समस्याहरु आउँछ । गाडी इन्ट्री नहुँदा २ दिनको गाडीको भन्सार तिर्नुपर्छ यो समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष तथा प्रदेश सभासद मो. याकूब अन्सारीले जडिबुटी एउटै गोदामबाट लोड हुँदैन, धेरै ठाउँको गोदामबाट लोड गरिन्छ तर बिहान ८ बजे आएको ट्रक लोड भई ३ बजेसम्म भन्सार नपुग्दा गाडी इन्ट्री हुँदैन । समयमा निकासी हुँदैन यसबाट व्यापारीलाई ठूलो नोक्सानी उठाउनु पर्ने हुन्छ । लकडाउनको बेला जडीबुटी व्यापारी बर्बाद नै भए, बैंकबाट अर्बौ रकमको ऋण लिएर जडीबुटी भारततर्फ निकासी भएन । भारततर्फबाट सैयौं गाडी दैनिक नेपालतर्फ भित्रियो तर भारततर्फ जान सकेन । ढिलो गरी वन कार्यालयले छुट पुर्जी उपलब्ध गराएपछि भारततर्फ निकासी हुन थालेको जानकारी गराउँदै सरकारले यसतर्फ ध्याना दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जडीबुटी संघका पूर्व महासचिव टंकप्रसाद शर्माले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन कार्यालय प्रमुख पुष्कर खरेलले गर्नु भएको थियो । उक्त कार्यक्रममा जडीबुटी संघका महासचिव रहीश अहमद हलवाई, कोषाध्यक्ष कैलाशचन्द्र शर्मा, जडीबुटी व्यापारीहरु हफिजुर रहमान, इक्बाल अन्सारी, कानुनी सल्लाहकार भानुभक्त रिजाल, ताज मोहम्मद खाँ, नामदार खाँ, मो. युसुफ, मो. इद्रीस, इकबाल अहमद अन्सारी, सन्तोषकुमार बर्मा, जावेद अली लगायतको उपस्थिति रहेको थियो भने नेपाली काँग्रेस पार्टीका रमेश गुप्ता, निजामुद्दीन अन्सारी, प्रशान्त बिष्टलगायतको उपस्थिति रहेको थियो ।