Saturday, April 18सत्यम खबर
Shadow

‘एक वर्षमा २ सय १२ महिला हराए’ – संयोजक कोइराला

नेपालगन्ज, १६ पौष – एक वर्षमा २ सय १२ जनामहिला हराएको निवेदन परेको माईती नेपाल नेपालगन्जद्वारा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
बिहिबार माईत नेपालगन्जका संयोजक केशव कोइरालाले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार २ सय ९२ जनाको खोजतलासको निवेदन परेकोमा १ सय ३० जना फेला परेको बताउनुभयो ।


संयोजक कोइरालाका अनुसार बाँकेमा ८० जना, बर्दियामा ३५ जना, सुर्खेतमा ४० जना र दाङमा २५ जना हराएको निवेदन परेको थियो । उक्त खोजतालसको निवेदन मध्ये बाँकेमा १२ जना, बर्दिया र दाङमा १÷१ जना गरी जम्मा १४ जना फेला परेको बताउनुभयो । संयोजक कोइरालाले लकडाउनको अवधिमा १ सय ३१ जना हराएको निवेदन परेको जानकारी गराउनुभयो ।
देशमा लामो समयसम्म लकडाउन भएकोले यो वर्ष खोजतलासको निवेदन विगत भन्दा कम परेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै संयोजक कोइरालाले गत वर्ष ८ सय ६९ वटा खोजतलासको निवेदन बाँकेको रहेको जानकारी समेत गराउनुभयो ।


माईती नेपाल नेपालगन्जले वर्षेनी ३१ डिसेम्बरको दिन पत्रकार सम्मेलन गरेर वर्षभरीको तथ्यांक सार्वजनिक गर्ने गर्दछ । कोइरालाले अझै पनि नेपालको कानुनमा उद्दारको संयन्त्र नहुँदा समस्या हुने गरेको बताउनुभयो ।
माईती नेपालले नाकामा बसेर जोखिमपूर्ण यात्रामा जाने महिलालाई फिर्ता पठाउने गर्दछ । उद्दार गरिएकालाई पारिवारिक पुनर्मिलन र घरमा बस्न नसक्ने अवस्था भएकालाई रोजगारमूलक तालिम दिएर आत्मनिर्भर बनाउने गरेको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन शाखा सचिव तिलक गाउँलेले गरेको थिए । कार्यक्रममा वरिष्ठ पत्रकार निरज गौतम, भेषराज बस्नेत, शिव डोेटेल, सिराज खान लगायत ३ दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *