Saturday, April 18सत्यम खबर
Shadow

अपडेटः कोरोनाले थप तीनको मृत्यु

नेपालगन्ज, १५ पौष – कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई र बर्दियाका एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र ठाकुरबाबा ९ बर्दियाकी ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी गराउनुभयो ।


उनीहरुमध्ये दुई जनाको मंगलवार राती र एक जनाको बुधवार बिहान मृत्यु भएको जनाइएको छ ।
योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । जसमध्ये ४५ जना बाँकेका र ७७ जना जिल्ला बाहिरका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *