Monday, May 4सत्यम खबर
Shadow

‘पार्टी भित्रबाट काम गर्न नदिएपछि संसद विघटन’ –महेश बस्नेत

नेपालगन्ज, १४ पौष – नेकपाका ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधीसका विघटन बाध्यता भएको बताउनुभएको छ ।
प्रेस संगठन बाँकेको तर्फबाट मंगलबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाटमा नेकपासँग स्पष्ट वहुमत भएका कारण वैकल्पिक सरकार बन्न नसक्ने अवस्थामा पार्टी भित्रबाट काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभाको विघटन गरेको दावी गर्नुभयो ।


उहाँले प्रतिनिधी सभाको विघटन हुनु अच्चम लाग्दो घटना नभएको भन्दै यसअघि पनि संसद विघटन भएको बताउनुभयो । उहाँले प्रचण्ड–नेपाल पक्षले सुर्य चिह्न र देशभरका पार्टी कार्यालयहरुको दावी गर्न छोड्नुपर्ने बताउनुभयो ।
नेता वस्नेतको बाँकेको कोहलपुरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निकट युवाहरुको भेलालाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *