Monday, April 27सत्यम खबर
Shadow

प्रहरीको सक्रियतामा अवैध सामान जफत

नेपालगन्ज, १२ पौष – बाँके प्रहरीले अवैध चोरी तस्करी विरुद्ध सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काले जानकारी दिनुभयो ।
डुडुवा गाउँपालिका वडा नं ०२ बेतहनी नजिकमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अवैध मालसामानहरु ल्याईरहेका छन भन्ने सुचना प्राप्त भएपछि वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली चिनी, युरियामल र सूति बरामद गरेको हो । तस्करहरुले भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।


इन्चार्ज खड्काका अनुसार, ९ सय ४ किलो चिनी, ८ सय २ केजी युरिया मल, १९९ पोका सुपर वापर सूर्ति र खलिल सूर्ति ५० पोका बरामद गरेको छ । उक्त सामानको मूल्य १,३१,७६० (एक लाख एकतिस हजार सात सय साठी) बराबरको रहेको पनि प्रहरीले जनाएको छ । मुख्य नाका छलेर तस्करहरुले अन्य नाका प्रयोग गर्न थालेपछि त्यसतर्फ बाँके प्रहरी सक्रिय भएको एसपी ओमबहादुर रानाले बताउनुभयो । खुल्ला सिमानाले गर्दा तस्करीको चाप अन्य नाकामा बढेपछि बाँके प्रहरीको सक्रियता पनि बढेको हो ।
यसअघि प्रहरीले एक ट्याक्टर सूर्ति बरामद गरेको थियो । अवैध नाकाबाट प्रवेश गराइएको बाँके प्रहरीले सूचना पाएपछि नियन्त्रण सम्भव भएको थियो । यस्तै भारतबाट ल्याइएका ६ वटा रांगा समेत प्रहरीले पक्राउ गरेको थियो । आवस्यक कार्वाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको एसपी रानाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *