
नेपालगन्ज, ११ पौष – शनिबार बाँकेमा १० जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
बाँके जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनु भएको छ ।
फोकल पर्सन वलीका अनुसार आज शनिबार बाँकेको भेरी अस्पतालको ल्याबबाट ५, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ३ र बागेश्वरी ल्याबबाट २ गरी जम्मा १० जना कोरोना गरि संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसँगै बाँकेमा हालसम्म ४ हजार ३ सय ४८ (महिला १५०२ पुरुष २८४६) जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमण मुक्त हुँदै बाँकेबाट १८ जना डिस्चार्ज भएका थिए ।
बाँँकेेेेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार १ सय ७७ (१४३४ महिला र २७४३ पुरुष) पुगेको छ भने हाल विभिन्न आईसोलुसनमा १ सय २८ जना कोरोना संक्रमितहरु उपचार रहेको बताउनुभयो ।
बाँकेमा हालसम्म कोरोना संक्रमणबाट जिल्ला भित्रका १५ महिला २८ पुरुष गरी जम्मा ४३ जनाको मृत्यु भई सकेको छ भने जिल्ला बाहिरका १६ महिला र ५९ पुरुष गरी जम्मा ७५ जनाको मृत्यु भईसकेको फोकल पर्सन वलीले जनाउनुभयो ।
