Monday, April 27सत्यम खबर
Shadow

बर्दियाको ५८ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज, ९ पौष – आज बर्दियाका ५८ वर्षीय कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
गुलरिया–८ लक्ष्मण टोल, बर्दिया निवासी ५८ वर्षीय कोरोना संक्रमित महिलाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आज विहिबार दिउँसो १२ः५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकाल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
कोभिड–१९ को आशंकामा पौष ६ गते पिसिआर परिक्षण गराउँदा अर्को दिन आएको रिपोर्टमा निजलाई कोरोना पुष्टी भएको थियो ।


निमोनियाले ग्रसित उक्त महिलाको स्वास्थ्यमा समस्या देखिए पश्चात पौष ६ गते भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसन युनिटमा भर्ना गरि रोगको प्रकृति अनुसार सम्पूर्ण विधिबाट उपचार अपनाउँदा समेत स्वास्थ्यमा सुधार नआई अवस्था बिग्रिदै गएपछि आज दिउँसो १२ः५० बजेमा मृत्यु भएको अस्पताल स्रोतलले पुष्टी गरेको छ ।
योसँगै बर्दिया जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *