
नेपालगन्ज, ९ पौष – नेपालगन्ज उपमहानगरपालिका भित्र हालसम्म २ हजार २ सय ९२ जना क्वारेन्टीन भई सकेको जानकारी स्वास्थ्य शाखाका तेज वलीले बताउनु भएको छ ।
वलीका अनुसार हालसम्म नेपालगन्ज उपमहानगरपालिका भित्र २ हजार २ सय ६२ जना कोरोना संक्रमित भईसकेका छन् जस मध्ये होम आईसुलेशनमा १४ जना रहेका छन् भने विभिन्न आईसुलेशन सेन्टरमा ३२ जना गरी जम्मा ४६ जना रहेको बताउनुभयो ।

यसैगरी, नेपालगन्ज उपमहानगरपालिका भित्र जम्मा रहेका संक्रमितहरु मध्ये हालसम्म २ हजार १ सय ६६ जना डिस्चार्ज भईसकेका छन् भने सक्रिय संक्रमितहरु ७१ जना रहेको समेत बताउनु भयो ।
यसैगरी, हाल १८ जनाको स्वाग परिक्षण गरिएकोमा जाँच रिपोर्ट आउनु भएको रहेको बताउँदै नयाँ संक्रमितमा ११ जना थप भएका छन् भने १० जना डिस्चार्ज भएको बताउनुभयो ।
हालसम्म नेपालगन्ज उपमहानगरपालिका भित्रका कोरोना संक्रमित २५ जनाको मृत्यु भइसकेको छ ।
