
काठमाण्डौ, ८ पौष – नेपालमा कोरोना भाइरसका आज बुधबार ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज बुधबार ९ सय ५२ जना संक्रमण मुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ६ सय ६१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
