Sunday, April 19सत्यम खबर
Shadow

अपडेट : बर्दियामा ६ महिलासहित १० जना संक्रमित

बर्दिया, ६ पौष – सोमबार बर्दियामा ६ महिलासहित १० जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
बाँके जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाउनु भएको छ ।
फोकल पर्सन श्रेष्ठका अनुसार आज बाँकेको भेरी अस्पतालको ल्याबबाट ९, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट १ गरी जम्मा १० जना कोरोना गरि संक्रमण पुष्टि भएको बताउनुभयो ।


योसँगै बर्दियामा हालसम्म १ हजार ४ सय २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बर्दियाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमणमुक्त हुँदै बर्दियाबाट ८ जना डिस्चार्ज भएका थिए ।
बर्दियामा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ३ सय १९ पुगेको छ भने हाल विभिन्न आईसोलुसनमा ९० जना कोरोना संक्रमितहरु उपचार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *