नेपालगन्ज, ४ पौष – बाँकेमा उपचारका लागि आएको बर्दियाका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बर्दिया बारबर्दिया १० का ७२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
गत मंसिर २८ गते भेरी अस्पताल भर्ना भएका मृतक पुरुषको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका क्रममा रेम्डिशिबिर, अक्सिजन, एन्टिबायोटिक लगातयतको बिधिबाट उपचार गर्ने क्रममा शुक्रबार राती ८ः३० बजे मृत्यु भएको जनाउनुभयो ।
यो मृत्यु भएसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।