Tuesday, October 22सत्यम खबर
Shadow

आगामी तीन दिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसम पूर्वानुमान

काठमाण्डौ, २ पौष – काठमाण्डौ र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनिय मौसमी प्रणाली छैन ।
हाल पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सुरकुहिरो लागिरहेको छ ।
– आगामी तीन दिनको मौसम पूर्वानुमान :


पौष २ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ३ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ४ गते (शनिबार)
दिउँसो : प्रदेश नं १,बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
दिनहुँ तापक्रमको गिरावटका कारण चिसो बढ्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ ।
साथै तराईका अधिकांश भुभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । (अर्थडबली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *