Tuesday, October 22सत्यम खबर
Shadow

चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

काठमाण्डौ, २ पौष – चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् ।
चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई–५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ ।

तस्वीर : बीबीसी


उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोको नमूना पनि ल्याएको छ ।
चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना झण्डै ४० वर्षपछि ल्याइएको हो ।
यसअघि रूसको लुना–२४ नामक मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट २०० ग्राम माटो लिएर फर्किएको थियो । त्यसअघि अमेरिकाको अपोले अन्तरिक्ष यानले पनि चन्द्रमाको सतहबाट ढुंगा लिएर फर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *