Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः आईतबार ३ महिलासहित ८ जना कोरोना संक्रमित

नेपालगन्ज, २८ मंसिर – बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्क अनुसार केहि दिनयता संक्रमितको सँख्यामा कमी आएको हो ।
केन्द्रका अनुसार आईतबार बाँकेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ महिला र ५ जना पुरुषमा संक्रमण देखिएको हो ।


भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका ८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा जिल्ला भित्रका ४ र जिल्ला बाहिरका १० जना तथा वागेश्वरी पोलिक्लिनिक ल्यावको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला भित्रका २ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको सँख्या ४ हजार १ सय ६३ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेल वलीले बताउनुभयो ।
बाँकेमा आज विभिन्न आईसोलुसनबाट कोरोना मुक्त भई डिस्चार्ज भएका २८ जनासहित कोरोना मुक्त भई निको हुनेको संख्या ३ हजार ९ सय ६४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *