
नेपालगन्ज, २८ मंसिर – नेपालगन्जमा आईतबार एक ट्याक्टर अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १८ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । कोहलपुरदेखि नेपालगन्ज आई नेपालगन्जदेखि पुनः कोहलपुरतर्फ फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लु४त ७३७२ नं. को ट्याक्टर नेपालगन्ज–१८ कारकाँदोस्थित सिद्धार्थ भ्यु होटल नजिकबाट मोड्ने क्रममा अनियन्त्रित भई पल्टिदा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, मुगुका ट्याक्टर चालक २३ बर्षिय दिलबहादुर सिजुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटना पश्चात् उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।
