Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः बाँकेमा कोरोनाले थप दुईको मृत्यु

नेपालगन्ज, २८ मंसिर – कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज र डोटीका १–१ गरी जम्मा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बाँकेको नेपालगन्ज वडा नं. ४ का ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आईतवार बिहान साढे ३ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी गराउनुभयो ।


यस्तै डोटीको दिपायल सिलगडी वडा नं. ५ का ४९ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार राती ७ः४५ बजे मृत्यु भएको छ । रोगको प्रकृतिअनुसार दुबै जनाको उपचार गरिएपनि मृत्यु भएको फोकल पर्सन वलीले जानकारी गराउनुभयो ।
योसँगै कोरोनाबाट बाँकेका ४१ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६८ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *