
काभ्रे, २७ मंसिर – नेपाल परिवार दलका अध्यक्ष तथा पूवमन्त्रि एकनाथ ढकालले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ब्यबस्थाको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।
शुक्रबार नेपाल परिवार दल काभ्रे जिल्ला समितिले बनेपामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले जुनसुकै बेला व्यबस्थाको विकल्प खोज्दा मुलुकमा अस्थिरता आउने बताउँदै वर्तमान संविधानको परिधि भित्रैबाट समुन्नत नेपाल निर्माण सम्भब भएको बताए ।

अध्यक्ष ढकालले नेपालमा अब पुरानो र नया विचार बीच अन्तर्द्वन्द हुने र अन्तत्वगत्वा नयाँँ बिचारले नै विजय हासिल गर्ने भदै राष्ट्रको तिब्र विकास गर्न नयाँ नेतृत्वको आबस्यकता रहेको पनि बताए ।
अध्यक्ष ढकालले बैचारिक रुपमा विभाजित नेपाली समुदायलाई जोड्ने रसायन नेपाल परिवार दलले अङ्गीकार गरेको “अग्रपंथी लोकतन्त्र“ हुनसक्छ भदै नेतृत्व चयनमा नागरिकले आफ्नो विवेकको सहि प्रयोग गरे मुलुकले भविष्यमा सुशासन र विकास पाउने बताए ।

सो भेटघाट कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, काशिनाथ खनाल, लक्ष्मी भण्डारी, नबिन बजगाईं, सुनिल खड्का लगायतको नेताहरु सहभागि थिए ।
कार्यक्रमको संयोजन नेपाल परिवार दल काभ्रेका अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए । सो अवसरमा दलका काभ्रे अध्यक्ष रायमाझीले जिल्लाका दलका गतिबिधिको बारेमा जानकारी गराएका थिए ।
