
नेपालगन्ज, २५ मंसिर – बाँके जिल्ला कोहलपुर नगरपालिकामा स्थित उपकार लघुबित्तमा बिगत एघार बर्षदेखी फिल्ड सहायक हुँदै शाखा प्रमुख भैइसकेकी मैनाकुमारी क्षेत्रीले आफुलाई संस्थाका सिओ लगायत माथिल्लो तहका कर्मचारीले अन्याय गरेको भन्दै बुधबार न्याय माग्दै आफ्ना पीडा पत्रकार सम्मेलन मार्फत पोखेकी छन् ।

उनले उपकार लघुबित्तले आफुले गर्दै नगरेको गल्तिको सजाय जवरजस्ती थुपार्दै आएको बताईन । आफू शाखा प्रमुख भएर काम गरिरहदा आफ्नै शाखा मातहतका फिल्ड कर्मचारी भागिराम थारुले कोहलपुर वडा नम्बर १ कौशिलानगर स्थित केन्द्र नम्बर ७३ कि पदममाया थापा नाम गरेको सदस्यले १ लाख कर्जा खाएर केही किस्ता तिरेर कारोबार बिग्रदै गएपछी फरार भएर किस्ता तिर्न नसक्दा संस्थाको कर्जा र अन्य व्यक्तिगत कर्जा असुली गर्न थापाको घरमा ताला लगाई घर बेचेर उपकार लघुबित्तको कर्जा पनि असुली गर्न भनी गाउँ कै व्यक्तिहरुले गराएको तमसुकमा रोहबरमा बसि हस्ताक्षर गरेको भएर भागिराम थारुलाई २२ हजार र आफुलाई ४५ हजार जवरजस्ती तिरेको बताईन ।

उनले पत्रकार सम्मेलनमा बोल्दै सदस्यले खाएको कर्जा कर्मचारिको पारिश्रमिक बाट काट्ने नितिनियम नभएको भन्दै आफू अन्यायमा परेको बताईन । उनले उपकार लघुबित्तका सिओ शारदा कुमारी खत्रीसँग बार–बार आफ्नो समस्या राख्दा पनि नसुनेको बताईन ।
उनले राष्ट्र बैंकमा समेत आफू अन्यायमा परेको भन्दै निबेदन दिएकी छिन । निवेदन दिदा सिओले आफ्नो पहुँचको प्रयोग गरेर राष्ट्र बैंकलाई पनि आफ्नो पक्षमा केही नबोल्न दिएको बताइन । पहिलो दिन फोन गरेर आफ्नो कुरा राख्दा राष्ट्र बैंकले कर्मचारीको तलब काटेर सदस्यको कर्जा असुली गर्ने नितिनियम नभएको यस्तो गर्न हँुदैन लघुबित्तमा जनता र कर्मचारीको पैसा दुबैको सुरक्षीत रहनु पर्छ हजुरको कटेको पैसा फिर्ता पाउनु हुन्छ भनेर आश्वासन दिएतापनी भोलि पल्ट हजुरहरुको आन्तरिक कुरा हामीले बोल्न खासै नमिल्ने भन्दै कुरा मोडेको बताइन् ।
उनले ११ बर्षसम्म खुन पसिना बगाएर काम गरिरहदा आफ्नो शारिरिक अवस्था दिन प्रतिदी बिग्रदै जाँदा उपकार लघुबित्तका माथिल्लो निकायका कर्मचारीले झन झन मानसिक र शारीरिक पीडा दिएको बताईन् । जागिर छोडोस भन्न सिधै नसकेर टचर दिएको बताएकी छिन् ।
उनले आफुले लघुबित्तको एक रुपियाँ नि हिनामिना नगरेको र बिना कारण आफ्नो काटिएको तलब अनि सस्था छोड्दा पाउनु पर्ने सबै सेवा सुबिधा पाउनु पर्ने बताइन ।
उपकार लघुबित्तका माथिल्लो तहका हाकिमहरुले मैनाकुमारी मात्र होइन उनी जस्ता थुप्रै खुन पसिना खर्चेका कर्मचारीलाई विभिन्न खालको टचर दिएर जागिर छोड्न बाध्य बनाएको र आफुले इमान्दार भएर काम गर्दा आफुले पाउनु पर्ने अनुभव पत्र समेत नपाएको बताउछिन् ।
त्यसै लघुबित्तमा पहिले काम गरेकी कर्मचारी सरस्वती आचार्य उनले उपकार लघुबित्तले आफ्ना आप्mन्त पर्ने कर्मचारीहरु बाहेक अरुलाई विभिन्न खालको टचर दिएर जागिर छोढ्न बाध्य भएको बताईन । उनले उपकार लघुबित्तको इतिहासमा आजसम्म कुनै कर्मचारीले जागिर छोडेर अन्यत्र जाँदा स–सम्मान बिदा नभएको सबैले रुदै जागिर छोढ्न परेको बताएकी छिन ।
यस्तै उपकार लघुबित्तमा धेरै समय काम गरेर जागिर छोड्न बाध्य बनाइएका टेकबहादुर नेपाली, प्रदिपकुमार थारु, रामसरा वर, गोमा गौतम, उर्मिला यादब, बिनोदकुमार यादब, सरला सुवेदी, लक्ष्मी ढकाल, गौरी थारु, गिता गोल्जाली पनि उपकार लघुबित्तका सिओ लगायत अन्य माथिल्लो तहका हाकिमहरुले आफू प्रती गर्ने व्यवहार असह्य भएर जागिर छोड्न बाध्य भएको बताएका छन् ।
बोर्डमा सबै आप्mन्त नातागोताको नै बहुमत भएको र पहिले संस्थालाई यो अवस्थासम्म पुर्याउन दुख हामिले गरेपनि अहिले पहिलेको जस्तो दुख गर्न फिल्डमा कुद्न नपर्ने हुँदा आप्mन्त र आफ्नालाई मात्र राख्नको लागि पुरानो कर्मचारीलाई विभिन्न खालको टचर दिएर जागिर छोढ्न बाध्य बनाएको बताउछिन रामसरा वर उनलाई पनि ९ महिनासम्म सेवासुबिधा रोक्का गरिएको थियो ।
कर्मचारी मात्र होइन उपकार लघुबित्तले समुहमा बस्ने सदस्यहरुलाई पनि बचत निकाल्न नदिएर धरधरी रुवाएको बताउछिन एक महिला (नाम उल्लेख नगरिएको) ।
उनले पदममाया थापा पनि पहिले आफ्नो बचत निकाल्न खोज्दा लघुबित्तले बचत निकाल्न नदिएर बचतबाट असुली गर्ने हिसाबले समूह छोड्छु भन्दा कर्जा खुवाएको र अहिले कर्मचारीको तलब कटाएर कर्जा असुली गर्नु सिओ को मनपरी तन्त्र भएको बताएकी छिन ।
उपकार लघुबित्तले आफ्नो बचत निकाल्न र समूह छोढ्न नदिने र सदस्यलाई बचत बाट कर्जा असुली गर्न सक्ने हिसाबले कर्जा खुवाउन लगाएर धेरै महिला दिदी बहिनिको बिचल्ली समेत भएको बताइन । आफुले दुख गरेको बचत समूह छोड्दा सजिलै निकाल्न नपाउदा कति पय महिला दिदिबहिनी हरुले फिल्ड कर्मचारीलाई गालिगलौज गर्ने कार्यलयमै गएर पासबुक च्यात्दा समेत सहजै समूह छोढ्न नदिएर सदस्य रुदै हिडेको समेत बताइन् ।
उनले सदस्यको कर्जा कर्मचारीको तलब बाट काटिनु एकदमै न्यायोचित नभएको बताईन । उनले यदि फिल्ड कर्मचारीले गरेको गल्तिको भागिदारी शाखा प्रमुख हुन्छ भने सिओले पनि डुबेको कर्जा आफ्नो तलबबाट तिर्नुपर्ने बताईन् । उनले सानालाई ऐन र ठुला हाकिमलाई उपकार लघुबित्तमा चैन भएको बताईन् ।
