Monday, April 27सत्यम खबर
Shadow

शिक्षा र स्वास्थ्यमा सहकारीको भूमिका आवश्यक : मुख्यमन्त्री राउत

ललितपुर, २५ मंसिर – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सहकारी सघं संस्थाहरु मार्फत देशको स्वास्थ्य र शिक्षा आमुल परिवर्तनका लागि अग्रसर हुनु पर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बुधवार सम्पन्न प्रदेश २ को एकाइ सभामा बोल्दै उहाले त्यस्तो बताउनु भएको हो । सिमित श्रोत साधनका बीच राष्ट्रिय सहकारी बैंकले निभाएको भूमिका प्रभावकारी रहेको भन्दै उहाले प्रदेश न.ं २ सरकार हर तरिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो ।


समृद्धिका लागि केहि प्रक्रिया समेतमा त्रुटी देखिएको बताउदै उहाले सिस्टमलाई समेत समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशब प्रसाद बडालले बहुआयामिक गरिवी कम गर्न सहकारीको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भयो, आर्थिक तथा सामाजिक रुपमा रहेको गरिवी कम गर्न सहकारीको भूमिका प्रभावकारी गराउन आवश्यक रहेको समेत उहाले बताउनु भएको थियो । प्रदेश २ का जनताको जीवन स्तरमा सुधार ल्याउन समेत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा सहकारीहरुको भूमिका हुनुपर्नेमा उहाको जोड थियो ।


कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक ध्रुब नारायण यादवको सञ्चालन र सञ्चालक तथा २ नं. प्रदेश संयोजक विश्वनाथ मण्डलको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक लक्ष्मी प्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गर्नु भएको थियो ।
हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमणका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेशको मसिर २५ गते, गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको छ । एकाईसभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *