Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः देशभर १ हजार १४ जना संक्रमित थपिए

काठमाण्डौ, २२ मंसिर – नेपालमा आज सोमबार १ हजार १४ जनामा कोरोना पुष्टि भएको छ ।
देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रमममा थप १ हजार १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । त्यस्तै, कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म १६ सय १४ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १६ सय २८ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ४ सय ३३ जना निको भएका छन् ।
हाल आइशोलेशनमा १२ हजार ९ सय ४८ जना रहेका छन् भने ५ सय २७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख ९० हजार ७ सय ३९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *