
नेपालगन्ज, २० मंसिर – कोरोना संक्रमणका कारण थप एक जना गुलरिया नगरपालिका वडा नं. ७ बर्दियाका ७२ वर्षिय पुरुषको मृत्यु भएको छ ।
मृतकको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार बिहान २ः१५ बजे मृत्यु भएको छ ।

मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर ९ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको र मंसिर १० गते नमूनाको परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ आएको थियो ।
मृतकको स्वास्थ्यमा समस्या आए पछि मंसिर ११ गते भेरी अस्पतालमा भर्ना गरि रेडमिडिसर, प्लाज्मा स्पोर्टिङ्ग विधिबाट उपचार गर्दागर्दै आज शनिबार बिहान २ः१५ बजे बिहान श्वास प्रश्वासमा समस्याका कारण मृृत्यु भएको अस्पताल स्रोतबाट जानकारी गराईएको छ ।
यो सँगै बर्दिया जिल्लामा कोभिड–१९ संक्रमितहरुको मृत्यु हुने संख्या १४ पुगेको छ ।
