Thursday, May 28सत्यम खबर
Shadow

राष्ट्र बैंकले आज बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने

काठमाण्डौ, १७ मंसिर – नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने भएको छ ।
आज बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको सूचना अनुसार ब्याजदर समेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ ।


घटीमा पाँच करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ । केन्द्रीय बैंकले उक्त बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितो सम्बन्धी व्यवस्था गरिएको छ ।
बैंकको सूचनामा बोलकबोल बहुब्याज दरमा पनि गर्न सकिने उल्लेखछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ ।
निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज दरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नु पर्नेछ ।
केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्नेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *