Wednesday, November 27सत्यम खबर
Shadow

‘ त्रिवेणी विकास समाजको साधारणसभा सम्पन्न’

बाँके, १४ असोज । त्रिवेणी विकास समाज बाँकेको मँगलवार १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका, वडा नम्बर १४ हवलदारपुरमा सम्पन्न साधारण सभामा समाजका अध्यक्ष दरिकला महराले अध्यक्षता गरेकी थिईन भने प्रमुख आतिथ्य जिल्ला सहकारी संघबाँकेका अध्यक्ष प्रेम सुबेदीको रहेको थियो ।

कार्यक्रममा सँस्थाको आर्थिक प्रतिबेदन तथा प्रगति प्रतिबेदन सहित अहिले सम्म सँस्थाले अहिले सम्म गरेको उपलब्धिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले त्रिवेणी विकास समाजले ग्रामिण समुदायका मानिसहरुको स्वास्थ्य, शिक्षा, सरसफाई, आयआर्जन, मानव अधिकार आदि क्षेत्रमा कार्य गर्दै आएको र भविष्यमा अझै समुदायका विविध मुद्धा तथा साझा सवालहरुको पहिचान गरी कार्य गर्न सुभकामना दिएका थिए ।

यसैबीच सोही ठाँउमा मँगलवार नै जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको समेत ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गिता देवी मिश्रको अध्यक्षतामा सम्पन्न साधारण सभामा सहकारीमा भए गरेका गतिबिधि, आर्थिक प्रतिबेदन, प्रगति प्रतिबेदन लगायत प्रस्तुत गरिएका थिए । सहकारीको साधारण सभाको उद्घाटन सहकारीको ७ वटा सिद्धान्त को प्रतिकको रुपमा ७ वटा मैनबत्ती बालेर प्रमुख अतिथि प्रेम सुबेदीले गरेका थिए ।
साधारण सभामा बोल्ने वक्ता सहभागीहरुले सहकारीतामा जोड दिनुको साथै हाल सहकारीले गाउँगाउँ मात्रै नभएर घरघर सम्म सहकारी अभियानले विकासकार्यमा सहयोग पुरयाएकोे कुरा औँल्याएका थिए ।

सहकारीले आम नागरिक लगायत बिपन्न परिवारहरुको आर्थिक स्तर उकास्न महत्वपुर्ण योगदान गर्दै आईरहेकोले सहकारीहरुलाई सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
त्रिवेणी विकास समाज र जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको सँयुक्तरुपमा गरिएको साधारण सभामा ८ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रममा माधव खत्री, भानु भक्त भट्टराई, दयाराम विक, राम लौटन यादव ,सुरेश गौतम र अमर बहादुर ऐर लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभाबाट नया संचालक समिति चयन गरिएको छ । कुम बहादुर पुनको अध्यषतामा गठित समितिको उपाध्यक्षमा गीता यादव, कोषाध्यक्षमा शुशिला घर्ती, सचिवमा पतिराम थारु तथा सहसचिवमा लक्ष्मी यादव चयन भएका छन भने सदस्यहरुमा कालुराम पाण्डे, श्रीराम जैसी , मँगतु थारु तथा हरिराम हरिजन रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *