
काठमाण्डौ, १३ मंसिर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
ट्विट गर्दै लामिछानेले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।

‘मलाई कोभिड–१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो । बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो । तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छ’, आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं उनले ट्विट गरेका छन् । सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु । तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला ।’

