Sunday, April 19सत्यम खबर
Shadow

अपडेट : बाँकेमा थपिए २६ कोरोना संक्रमित

नेपालगन्ज, ११ मंसिर – बिहिबार बाँकेमा २६ जना कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन । जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार बिहिबार बाँकेकै प्रयोगशालामा गरिएको परिक्षणमा अन्य जिल्लाका ४१ जनामा समेत संक्रमण देखिएको छ ।


केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा जिल्ला भित्रका १४ र जिल्ला बाहिरका २८, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका १० र जिल्ला बाहिरका १३ तथा वागेश्वरी पोलिक्लिनिक प्रा.लि. को ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ८ सय २४ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्धारा जारी विवरणमा उल्लेख गरिएको छ ।


यसअघि आजै कोरोना संक्रमणमुक्त हुँदै बाँकेबाट २ जना डिस्चार्ज भएका थिए । आईसोलेशन सेन्टरमा बस्दै आएका २ जना पुरुषलाई बिहिबार बिहान डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *