
काठमाडौं, ११ मंसिर – नेपालमा थप एक हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन् । साथै १ हजार ४ सय ३७ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा २ लाख २७ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ९ हजार ४ सय ३५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय १२ जनाले ज्यान गुमाएका छन् ।
