Friday, November 22सत्यम खबर
Shadow

न्यायिक समिति र प्रहरीलाई माहुरीको अन्र्तक्रिया

बाँके, ४ भदौ । स्थानीय तहहरुमा रहेका स्थानिय न्यायिक समिति तथा प्रहरीको भसमिका बारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको वडा नंम्बर २ बेतहनीमा सम्पन्न अन्र्त्क्रिया कार्यक्रममा न्यायिक समिति र प्रहरीले हेर्न पाउने मुद्धाको बारेमा बृहत छलफल भएको हो ।
अन्र्तक्रियामा न्यायिक समितिले मेलमिलापका माध्यमले समाधान गर्न सकिने १३ किसिमका मुद्धाहरु प्रहरी समक्ष आएमा त्यो न्यायिक समितिलाई सिफारिस गर्नु पर्ने लगायतका बिषयमा सहजीकरण गरिएको थियो । यस्तै गरि अपराध अनुसन्धान तथा न्यायिक प्रकियाका बेला प्रहरी तथा अन्य जिम्मेवार निकायले लैङ्गिक सँबेदनशीलतामा बढी ध्यान दिईनु पर्नमा जोड दिईइको थियो ।

समाजमा हुने विभिन्न किसिमका द्धन्द्ध, बिवाद र झैझगडा न्युनीकरणका लागि प्रहरी र न्याययिक समितीबीच अन्र्र्तिक्रयाको आयोजना गरिएको थियो अन्र्र्तिक्रया कार्यक्रम, कार्यपालिका सदस्य, मेलमेलाप तथा न्यायिक साखाका कर्मचारी,गाउ न्यायिक समितिका प्रतिनिधि, मेलमिलापकर्ता, प्रहरी, अधिकारकर्मी, नागरिक अगुवा गरि ४० जनाको सहभागिता रहेको थियो ।
अन्र्त्क्रिया कार्यक्रम सामुदायले के कस्ता बिवादप्रहरी कार्यालयमा लैजाने,अपराध अनुसन्धान भित्र कस्ता बिवाद पर्नै, न्यायिक समितिले कस्ता खाले बिवाद वा मुद्धा हेर्ने, मेलमिलापको माध्यमबाट कस्ता बिवाद समाधान गर्न पाउने,न्यायिक समिति र प्रहरी प्रशासनको भुमिका, बिवाद कम गर्न अपनाउन सकिने उपाय लगायतका बिषयमा अधिवक्ता ईश्वरी ज्ञवालीले सहजीकरण गरेका थिए ।

ओएफआईडीको सहयोगमा भिएसओ र इन्टरनेशनल एलर्टको साझेदारीमा संचालित सहज परियोजना अन्र्तगत माहुरी होमले अन्र्र्तिक्रया कार्यक्रमको आयोजना माहुरी होमका स्थानिय सहजकर्ता शिव कुमार जयसवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *