Friday, September 18सत्यम खबर
Shadow

एसियन पेन्ट्स च्याम्पियन कपको उपाधि सगरमाथा स्कुललाई, खेलाडी सम्मानित

नेपालगन्ज, २ असोज – एसियन पेन्ट्स च्याम्पियन कप अन्डर–१८ को उपाधि जित्न सफल सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल नेपालगन्ज–१८, बाँकेका खेलाडीलाई विद्यालयले सम्मान गरेको छ ।

विद्यालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उपाधि विजेता खेलाडीहरूलाई विद्यालयका संस्थापक कृष्णबहादुर जिसी र संस्थापक लक्ष्मी बिसीले टीका, खादा तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । विद्यालयले खेलाडीहरूको प्रतिभा र सफलताको उच्च कदर गर्दै सम्मान गरेको जनाएको छ । एसियन पेन्ट्स च्याम्पियन कपअन्तर्गत ३२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा सगरमाथा इङ्लिस बोर्डिङ स्कुल र नेपालगन्ज मोडेल एकेडेमी पुगेका थिए । भदौ ३१ गते भएको फाइनल खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा सगरमाथा स्कुलले ४ गोल गर्दा नेपालगन्ज मोडेल एकेडेमीले ३ गोल गरेको थियो । ४–३ को जितसँगै सगरमाथा स्कुलले च्याम्पियन कपको ट्रफी उचालेको हो ।

विद्यालयले विजेता खेलाडी, टिमका प्रशिक्षक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । सम्मान कार्यक्रममा विद्यालय परिवारसँगै विभिन्न क्षेत्रका प्रतिनिधि तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विद्यालयस्तरीय चरणमा विजेता बनेको सगरमाथा स्कुलले अब प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रदेशस्तरमा सफलता हासिल गरेपछि संघीयस्तरको प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।
फाइनलमा नेपालगन्ज मोडेल एकेडेमीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथा स्कुल च्याम्पियन बनेको हो । उपाधि जितेपछि विद्यालयले खेलाडीलाई सम्मान गर्दै उनीहरूको आगामी खेल यात्राका लागि शुभकामना दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *