
काठमाडौं, १० मंसिर – नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाले ज्यान गुमाएका छन् । साथै ३ हजार १ सय ४० जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा २ लाख २६ हजार २६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७ हजार ९ सय ९८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट १ हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन् ।
