
नेपालगन्ज, १४ असार – æजनमत रक्तदान अभियानको ७० औं श्रृङ्खलाÆ मा खजुरामा सम्पन्न रक्तदान कार्यक्रममा एक जना महिला सहित १७ जनाले रक्तदान गरेका छन् । गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा आयोजना गरिएको उक्त त्रैमासिक रक्तदान कार्यक्रमको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. नीरज भट्टराई, प्रखर परोपकार मिसन नेपालका संस्थापक अध्यक्ष किस्मत कुमार कक्षपति, अध्यक्ष महेन्द्र मल्लले रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होम राज गिरी र प्राविधिक पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।

æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ७० औं श्रृङ्खलाÆ खजुरा क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको माग अनुसार खजुरामा रक्तदान कार्यक्रम गरिएको जनमतका सम्पादक पूर्ण लाल चुकेले बताउनु भयो । यसअघि असार ६ गतेका दिन गोपाल–नीना फाउण्डेशन परिसरमा सम्पन्न ६९ औं श्रृङ्खलामा ४९ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सो कार्यक्रममा क्यान्सर अस्पतालमा दोस्रो पटक मेडिकल सुपरिन्टेन्डन्टको पदमा भरखरै पद बहाल गर्नु हुने वरिष्ठ क्यान्सर विशेषज्ञ डा. नीरज भट्टराई र वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुभाष मेहतालाई आयोजकको तर्फबाट जनमत सम्पादक पूर्ण लाल चुकेले खादा ओढाएर स्वागत र बधाई दिनु भयो ।
उल्लेखनीय छ, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. नीरज भट्टराई र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुभाष मेहताको प्रस्तावमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारीमा रहनु भएकी स्वास्थ्य मन्त्री निशा मेहताले खजुरा क्यान्सर अस्पतालमा १४ मुनीका बालवालिकाहरुलाई क्यान्सरको निःशुल्क उपचार सेवा दिने मन्त्री स्तरकाट निर्णय गराउनु भएको छ । स्मरणीय छ, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २०८१ मंसिर १ गतेबाट मन्त्रीस्तरीय निर्णयबाट सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा मात्र यो सेवा निःशुल्क गर्ने गरिएको थियो ।

गोपाल–नीना फाउण्डेशन, नेपालका जनसम्पर्क अधिकृत विजयन्त जिसीले दिनु भएको जानकारी अनुसार उक्त रक्तदान कार्यक्रममा नियमित स्वयम्सेवी रक्तदाता महेश श्रेष्ठ, अशोक सिंह, अर्जुन केसी, इन्द्रबहादुर चौधरी, गोपाल डाङा, रामराज पराजुली, खेम शरण खत्री, प्रकाश घर्ती, अम्मर कार्की, याम बहादुर खत्री, खगेन्द्र शाही, कृष्णहरि सुवेदी, सुरत चौधरी, रघुनाथ डँगौरा थारु, रवि बहादुर थापा, समीर तिवारी र खुमा तिवारीले रक्तदान गर्नु भएको छ ।
उक्त रक्तदान अभियानमा डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो -मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके, कला कृति, सेभेल क्याफे लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।

खजुरा क्यान्सर अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा रक्त सञ्चार इकाई केन्द्रका प्रमुख होमराज गिरी र पुनम रानाले प्राविधिक सहयोग गरेका थिए ।
उल्लेखनीय छ, गोपाल–नीना फाउण्डेसन, नेपालले यसअघि पनि विभिन्न किसिमका शिक्षा, निःशल्क स्वास्थ्य शिविर, पर्यावरण दिवस, तथा विभिन्न मानवीय तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
