
नेपालगन्ज, ७ असार – गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । æजनमत रक्तदान अभियानको ६९ औं श्रृङ्खलाÆमा शनिवार सम्पन्न उक्त कार्यक्रममा ९ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् ।
उक्त त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल-नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।

æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खलाÆ मा जनमत रत्तलदान अभियानमा रक्तदान गर्ने ६ जना स्वयम्सेवी नियमित रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सम्मनित हुने रक्तदाताहरु मनमोहन वर्मा, होमराज गिरी, धर्मेन्द्र सिंह, दिनेश प्रसाद तमोली, रुस्तम अली दर्जी र संजय बढईलाई फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा.तृप्तीपाल रमण, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके उपाध्यक्ष मन बहादुर केसी,ले सम्मान पत्र, शान्तिको प्रतीक भगवान गौतम वुद्धको मूर्ति प्रदान गर्नुभयो ।

कार्यक्रममा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा अन्नपूर्ण राष्टिूय दैनिकका सहसम्पादक शंकर प्रसाद खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके उपाध्यक्ष मनबहादुर केसी,, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, उपाध्यक्ष अमृता केसी, लक्ष्मणप्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, गौतमप्रसाद पौडेल, होमराज गिरीले रक्तदान गर्नु भएको थियो ।

यसैगरि अन्य रक्तदान गर्नेहरुमा फाउन्डेसनका पत्रकार खम्ब प्रसाद पुन, गोपाल-नीना फाउण्डेसन नेपालका कमलेश कुमार कर्ण, शान्ति बिक, भगवती घिमिरे, बिष्णु घिमिरे, पँकज आले, निखिल राना, बिष्णु केसी, कमला बस्याल, राजेन्द्र चौधरी, वर्षा अधिकारी, सञ्जय बढही, आरम्भ बैश्य, सनम थारु, बाबुराम चौधरी, दिनेश प्रसाद तमोली, झपेन्द्रबहादुर शाही, शालिकराम कुर्मी, एसओएसका सरस्वती नेपाली, सबिना नेपाली, तुलसी सार्की, महेन्द्र थारु, मनोज दहित, सरोज कुमार चौधरी, राम प्रसाद थारु, बिष्णु चौधरी, सरतिा भण्डारी, राम कुमार चौधरी, सबन थापा, भुवन भट्ट, आश्वीन पुनमगर राज कुमार चौधरी, बिनु अधिकारी, सरेश पोखरेल, मध्यपश्चिम बहुमुखी क्पाम्सका क्याम्पस प्रमुख भगत बहादुर नेपाली, मोहम्मद रजक कबडिया, बीरेन्द्र पुनमगर, लक्ष्मण चमार लगायत ४९ जनाले रक्तदान गर्नुभएको थियो ।

उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो -मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्टूो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति, सेभेल क्याफे लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।
जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेका अनुसार खजुरा गाउँपालिका क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको माग अनुसार आगमी मंगलबारका दिन खजुरा रक्त सञ्चार केन्द्रमा दोस्रो चरणको रक्तदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिता कुमाई, सञ्जय बढही, रबिक्षा थापा, करिना शाही, बिपिका पौडेल, शिला शाही, ओम प्रकाश गोडिया र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका स्वयंसेवकहरु विजयन्द्र जि.सी., दक्षिणा क्षेत्री, अनिल खनाल, नरेन्द्र विक्रम शाह, मनिपत चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, कार्यक्रम संयोजक तथा शतक रक्तदाता पवन जायसवाल सक्रिय सहयोग गर्नु भएको थियो ।
उल्लेखनीय छ, गोपाल–नीना फाउण्डेसन, नेपालले यसअघि पनि विभिन्न किसिमका शिक्षा, निःशल्क स्वास्थ्य शिविर, पर्यावरण दिवस, तथा विभिन्न मानवीय तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
