काठमाडौं, ९ मंसिर – कक्षा १२ को परीक्षा आज मंगलबारदेखि सुरू भएको छ ।
कोरोना भाइरस महामारी कै बीच राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरेको छ ।

परीक्षा केन्द्रहरूमा हेल्पडेस्क राखिएको छ । विद्यार्थीहरू मास्क लगाएर परीक्षा केन्द्र पुगेका छन् ।
४ लाख ३२ हजार ५ सय जना विद्यार्थी परीक्षामा सामेल रहेको बोर्डले जनाएको छ । गत वैशाखमा हुनुपर्ने परीक्षा आज मंगलबारदेखि गरिएको छ ।
बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो । भौतिक दूरी कायम गरी परीक्षा हलमा परीक्षार्थी राखिएको छ ।
४० प्रतिशत अंकका लागि लिखित परीक्षा गरिएको हो । बाँकी अंक आन्तरिक मूल्यांकनबाट दिइने जनाइएको छ ।
