Sunday, May 17सत्यम खबर
Shadow

पुरैनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट ३ सय ९३ जना लाभान्वित

नेपालगन्ज, ३ जेठ – नेपालगन्ज उपमहानगरपालिका वार्र्ड नं. २२ पुरैनी गाउँमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ९३ जना गाउँलेहरु लाभान्वित भएका छन् । करीब ९५ प्रतिशत जनसंख्या मधेशी तथा मुस्लिम समुदायको बसोबास रहेको उक्त गाउँमा सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी, प्रयोगशाला सेवा र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।

स्थानीय आधारभूत विद्यालय परिसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ २ सय ५६ जनाले स्वास्थ्य परीक्षण गराएको मध्ये महिला १८२ जना र पुरुष ७४ जना थिए भने आँखा तर्फ १ सय ३७ जनाले आँखा परिक्षण गराएको मध्ये महिला ८५ जना र ५२ जना पुरुषले स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लेकप्रसाद प्याकुरेलले दिनु भएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षकी जेष्ठ नागरिक भगवति प्रसाद गोडियाको स्वास्थ्य परिक्षण र आँखा परिक्षण गरिएको थियो भने शिविरमा सबभन्दा कम उमेर ११ महिनाका बालकको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सो अवसरमा अनुगमनको क्रममा सहभागी नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्दले शिक्षक तथा विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट श्री आधारभूत विद्यालयलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भएको थियो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक १७ थरी औषधिहरु र जीवन जल उपलब्ध गराइएको छ ।

केन्द्रकी प्रमुख कार्यकारी निर्देशक लता शर्माका अनुसार शिविरमा सेन्टूल सिटी अस्पताल, नेपालगन्जका डा. दिपक जायसवाल, डा. नागेश्वर साह, दृष्टि विशेषज्ञ जीतेन्द्रकुमार वर्माले जनरल तथा आँखा परीक्षण गर्नुभएको थियो भने स्वास्थ्य अधिकृत सुनिता शर्मा, बि.एस्सी नर्सिङ स्टाफ सन्ध्या हमाल ठकुरी, स्वास्थ्य सहायक सुनील कनोजियाले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।

 

औषधी वितरणमा ल्याव टेक्नोलोजिष्ट राजेन्द्र कुमार वर्मा, फार्मेसी सहायक माही वैश्य, ल्याव टेक्निसियन सादिक अन्सारीले सहयोग गर्नु भएको थियो ।
डा. दिपक जायसवालका अनुसार शिविरमा जनरल तर्फ अधिकाँश सेवाग्राहीहरुमा छाला, एलर्जी, फोहोर पानीको कारण शरीर चिलाउने, हात खुट्टा दुख्ने आदि समस्या देखिएको थियो ।


त्यसैगरि दृष्टि विशेषज्ञ जीतेन्द्रकुमार वर्माका अनुसार एलर्जी, भाइरल आँखामा सुख्खापन, भिटामिन ए को कमी, मोतियाबिन्दु, ग्लुकोमा लगायतको समस्या देखिएको थियो ।

उक्त शिविरमा केन्द्रका उपाध्यक्ष राकेश शर्मा, सचिव महेन्द्र सेडाई, सहसचिव निखिल जायसवाल, सदस्य रमेश कुमार श्रेष्ठ, कार्यक्रम संयोजक महेश श्रेष्ठ, दिलु माया वि.क., पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बामदेव भट्टराई, पत्रकार पवन जायसवाल लगायतले सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *