Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः १३ महिलासहित २८ जना कोरोना संक्रमित घर फर्किंदै

नेपालगन्ज, ९ मंसिर – आज मंगलबार बाँकेका १३ महिलासहित २८ जना संक्रमित कोरोना मुक्त भई घर फर्किने भएका छन् ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका १३ महिला र १५ पुरुष गरी जम्मा २८ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन् । उनीहरुलाई कार्तिक २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।


यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ५८ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा २ सय ५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ७ सय ४७ रहेको छ भने बाँके जिल्ला भित्रका ३८, जिल्ला बाहिरका ४७ गरी जम्मा ८५ जनाको कोरोनाका कारण बाँकेमा मृत्यु भईसकेको छ ।
यसैगरी, बिरामीहरुको निको हुने दर ९४.९६ रहेको छ । बिरामी मृत्यु दर १.०१ रहेको छ भने बाँकेमा रोग प्रकोप दर ०.६२ प्रतिशत रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *