Friday, April 24सत्यम खबर
Shadow

ब्रिनोजको सहकार्यमा ६ दिने निःशुल्क शिविरमा ६ सय ३६ जनाको चेकजाँच

नेपालगन्ज, ६ बैशाख – दार्मा गाउँपालिका स्वास्थ्य तथा सरसफाई शाखा फारुलाचौर, सल्यानको आर्थिक सहयोग तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल, रक्षाचौर दा·को समन्वय सहकार्यमा बैशाख ६ गतेदेखि शुरु ६ दिने निःशुल्क आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी बृहत स्वास्थ्य शिविरको आज शुक्रबार समापन गरिएको छ ।

उक्त ६ दिने निःशुल्क शिविरमा ६३६ जना शिरामीहरुलाई स्वास्थ्य उपचार गरिएको थियो । जसमा कानको बिरामीहरुमा महिला ३६२ पुरुष १९१ गरी जम्मा ५५३ जना रहेका छन् । आँखा बिरामीहरुमा महिला ४२० जना, पुरुष २१६ जना गरी ६३६ जना रहेका छन् । जसमध्ये कानको अप्रेशन २१ जनाकोलाई गरिने छ भने आँखाको मोतिबिन्दु अप्रेशन १०५ जनालाई गरिने दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जनाएका छन् ।

वरिष्ठ कान जाँच सहायक भिषणकुमार थारुले दिएको जानकारी अनुसार दार्मा गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न ६ वटा स्थानहरुमा बैशाख ६ गते देखि आज बैशाख ११ गते शुक्रबारसम्म आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी बिरामीहरुको निःशुल्क चेकजाँच गरिएको छ भने आँखाको मोतिबिन्दु अप्रेशन हुने २१ जनाको अप्रेशन दार्मा–३ आधारभूत स्वास्थ्य सेवा केन्द्र थम्केसल्लीमा निःशुल्क गरिने बताउनु भयो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले दिएको जानकारी अनुसार दार्मा गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको ६ वटा क्याम्पहरुमा दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्र, दार्मा–३ मा बैशाख ६ गते, ढाकाडाम स्वास्थ्य चौकी, दार्मा–५, त्रीवेणीमा बैशाख ७ गते, भल्चौर स्वास्थ्य चौकी, दार्मा–४, रातामाटामा बैशाख ८ गते, ज्यामिरेचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र, दार्मा–६ मा बैशाख ९ गते, दार्माकोट स्वास्थ्य चौकी दार्मा–१ मा बैशाख १० गते शिविर सञ्चालन गरिने छ भने झ्यारीवा· आधारभूत स्वास्थ्य सेवा केन्द्र दार्मा–२ मा आज शुक्रबार बैशाख ११ गते शिविरको समापन गरिएको जनाईएको छ ।

उक्त ६ वटा स्थानमा आयोजना गरिएको निःशुल्क आँखा, कान, मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी शिविरमा ब्रिनोजका कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच भिषणकुमार थारु, दामोदार चौधरी, राप्तीका नेत्र सहायक, सुर्खेत स्वास्थ्य निर्देशनालय लगायतबाट सहकार्य रहेको थियो भने कान सम्बन्धित बिरामीहरुको अप्रेशन ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जबाट विशेष छुटका साथ गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *