
एस के प्रकाश
नेपालगन्ज, ७ बैशाख – बझाङ्गी सेवा समाज जिल्ला कार्य समिति बाँकेले नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
बझाङ्गी सेवा समाज जिल्ला कार्य समिति बाँकेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष महेश भण्डारी, उपाध्यक्ष दिपक सिंह, कल्पना भण्डारी, सचिव विनोद खड्कालगायत कार्यसमितिको सहभागिता हुनुका साथै बझाङ्ग जिल्लाबाट बसाई सराई भई बाँकेमा बसोबास गर्ने सम्पूर्णको सहभागिता रहेको थियो ।

उक्त शुभकामना आदान–प्रदान कार्यक्रमको अवसरमा बझाङ्ग जिल्लाबाट बाँकेमा आई बसोबास गर्दै आईरहेका क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको बताईएको छ ।
