Saturday, April 18सत्यम खबर
Shadow

बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ

नेपालगन्ज, ४ बैशाख – भारतीय नागरिक नेपालमा बसी कारोबार गर्दै आईरहेको अवस्थामा ०६२/०६३ मा नेपाली नागरिकता बनाई विधिवत नेपाली नागरिक भई कारोबार गर्दै आएका बर्कत अन्सारी चोरी मुद्दामा पक्राउ परेको स्रोतले दाबी गरेको छ ।

स्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका अन्सारी यस अगावै समेत तस्करी मुद्दामा -भालुको पित्त, कस्तुरी) को अवैध कारोबारमा चाईनिज व्यक्ति टासीसँग मिलेमतो गरी बफरार भएका थिए पछि कानुन बमोजिम भएको बताए ।

पक्राउ परेका बर्कत अन्सारीको पुरानो घर बहराईच जिल्ला नाजिरपुरा टोल भएको स्रोतले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज भन्सार कार्यालयमा चोरी गरेको सिसिटिभि पुटेजको आधारमा पक्राउ गरी अभियुक्त बर्कत अन्सारीलाई चोरी मुद्दा लगाई थप अनुसन्धान भईरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *