
नरैनापुर, २० चैत्र – बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को गाउँपालिका स्तरको समिति गठन गरिएको छ। हालै सम्पन्न बैठकमार्फत नयाँ समिति चयन गरिएको हो।

नवगठित समितिको सभापतिमा उमेशकुमार बिष्ट चयन भएका छन् भने उपसभापतिमा हसिना बानो र सचिवमा अरबिन्दकुमार यादव चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा बाबुराम यादव, धनबिर चौधरी, भादना गिरी, दयादिन विश्वकर्मा, प्रमोदकुमार मिश्रा, निसार अहमद खान, फातिमा पठानिन, विक्रम तिवारी, वलराम तिवारी, राहुल यादव, सन्दीप तिवारी र रामसुरत पाँडे रहेका छन्।

समिति गठनसँगै स्थानीय स्तरमा पार्टीको संगठन सुदृढ गर्ने, जनताको समस्यालाई सम्बोधन गर्ने तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइएको छ ।
नवगठित समितिलाई विभिन्न पक्षबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
