Tuesday, March 31सत्यम खबर
Shadow

“न्यू महिन्द्रा EV अटो” औपचारिक रूपमा सार्वजनिक

नेपालगन्ज, २९ फागुन – नेपालगन्ज-२० स्थित भेरी–कर्णाली पेट्रोल पम्प नजिक रहेको “बी.जी. अटो पार्ट्स प्रा.लि.”ले महिन्द्राको नयाँ विद्युतीय अटो सार्वजनिक गरेको छ। शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा Mahindra & Mahindra कम्पनीको “न्यू महिन्द्रा EV अटो” औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा स्थानीय व्यवसायी, यातायात क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्युतीय सवारी साधनको प्रयोग, यसको फाइदा तथा भविष्यमा बढ्दो प्रयोगको सम्भावनाबारे पनि जानकारी गराइएको आयोजकले जनाएको छ।

सार्वजनिक गरिएको Mahindra Treo विद्युतीय अटो वातावरणमैत्री, शक्तिशाली र खर्चका हिसाबले किफायती सवारी साधनका रूपमा चिनिन्छ। पेट्रोलियम पदार्थको खपत घटाउने तथा वातावरणीय प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रभावकारी हुने विश्वास लिइएको छ।

कार्यक्रमका क्रममा कम्पनीका प्रतिनिधिहरूले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गइरहेको र आगामी दिनमा अझ विस्तार हुने अपेक्षा व्यक्त गरेका थिए। उनीहरूले विद्युतीय सवारी साधनले वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *