
नेपालगन्ज, १० फागुन – अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा बिचार गोष्ठी सम्मान अपर्ण तथा बहुभाषिक काव्य गोष्ठी शनिवार सम्पन्न भएको छ ।
अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजना, बिश्व हिन्दी महासभा नेपाल नेपालगन्ज बाँकेको सहयोगमा र महेन्द्र पुस्तकालय नेपालगन्जको सहकार्यमा सम्पन्न कार्यक्रममा कवि, साहित्यकार, गीतकार, लोक गायक, गायिका, शायर, गजलकारहरुले नेपाली, हिन्दी, अवधी, मैथली, उर्दू, नेपाली र देडडा भाषाका साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

महेन्द्र पुस्तकालय नेपालगन्जको सभाहलमा आयोजित कार्यक्रममा अवधी अभियन्ता साहित्यकार आनन्द गिरी मायालुद्वारा सञ्चालित कार्यक्रममा प्रतिष्ठान केन्द्रिय कार्य समितिका अध्यक्ष रमेश चन्द्र कुमालको अध्यक्षता, मधेशी आयोग नेपालका पूर्व सदस्य बिजय कुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिजय गुप्ताले सरस्वती माताको तस्बीरमा अबीर लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष जहिरुलहक जिनूले अतिथिहरुलाई स्वागत मन्तब्य ब्यक्त गरेका थिए प्रतिष्ठानकी उपाध्यक्ष सुशीला बैश्यले सरस्वती बन्दना प्रस्तुत गरेकी थिइन ।
बिभिन्न देशमा मातृ भाषा दिवस मनाइन्छ । आमाले बोद्यने भाषालाई मातृ भाषा भनिन्छ । आफनो मातृ भाषालाई कहिले पनि बिर्सनु हुदैंन । अवधी अभियन्ता साहित्यकार आनन्द गिरी मायालुले अन्र्तराष्टिूय मातृ भाषा दिवसको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा शिक्षाबिद् किरण आचार्य, बिश्व हिन्दी महासंघ अन्तर्राष्ट्रिय संगठनका केन्द्रिय सदस्य डा. जगत तिमिल्सिेना देउडा गीत, बिपिन वर्माले मैथली भाषामा, वरिष्ठउर्दू साहित्यकार सैयद असफाक रसूल हाशमी, मेराज अहमद हिमाल, गुल्जारे अदबका आरीफ अन्सारी, उपाध्यक्ष नूरुल हसन राई, अनिता लामिछाने हिन्दी गीत, कमल बलमुवा अवधी गीत, कल्पना पौडेल जिज्ञासु नेपालीमा कविता, रेखा गुप्ता, मन्जु गुप्ता होली गीत, सुभद्रा यादव अवधी गीत, रमराजा यादव बिरहा गीत, सन्ध्या गुप्ता, महेन्द्र पुस्तकालय नेपालगन्जका उपाध्यक्ष पंकज श्रेष्ठ नेवारी भाषामा प्रस्तुत गरेका थिए । यसरी सो कार्यक्रममा उर्दू साहित्यकार तथा पत्रकार साहिदा शाह, मीना गुप्ता अवधी कविता, अवधी अभियन्ता आनन्द गिरी मायालु अवधी कविता, शोनाली गुप्ता, अवधी वरिष्ठ गायक तथा कलाकार सुरजलाल गुप्ता, शिक्षिका बिमला यादव अवधी बिवाह गीत लगायतले आ–आफना रचना वाचन गरेका थिए ।

कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिका संस्थापक बिष्णुलाल कुमाल, बिशिष्ट अतिथि महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, प्रतिष्ठानकी उपाध्यक्ष सुशीला बैश्य, शतक रक्तदाता पवन जायसवाल लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा बिशिष्ट अतिथिहरुलाई अबीर र गम्छा लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा बिश्व नेपाली साहित्य महासंघ नेपालका उपाध्यक्ष ऋषिराम सापकोटा, डा.राजेन्द्र गुप्ता, पत्रकार धर्मप्रकाश जायसवाल, दिनेश ठाकुर, अर्चना पाठक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रमेश चन्द्र कुमालले आफनो ब्यस्त समयका बावजूद पनि कार्यक्रममा आएर सफल बनाई दिनु भएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु साथै आउने होली तथा ईदको शुभकामना ब्यक्त गरेका थिए ।
