Monday, October 13सत्यम खबर
Shadow

बिमल टण्डनको नेतृत्वमा पुनः ब्रिनोज

नेपालगन्ज, २६ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको शनिबार साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट पुनः बिमलकुमार टण्डनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । शनिबार भएको १५ औं र १६ औं साधारण सभा तथा अधिवेशनबाट टण्डन नेतृत्वमा अगामी तीन वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको जनाईएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राहुल टण्डन, सचिवमा प्रदीप शाह, कोषाध्यक्षमा सन्तोषकुमार कनोडिया, सहसचिवमा रोजी बोस रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः अविनाश चौधरी, रामशरण चौधरी, रौनक अली, दिनेशकुमार वैश्य निर्वाचित भएका छन् ।

साधारणसभामा २०८०÷२०८१ र ०८१÷०८२ को वार्षिक प्रतिवेदन कार्यालयका प्रबन्धक चेतनारायण चौधरीले प्रस्तुत गरेका थिए । साधारणसभामा वार्षिक प्रतिवेदन सँगै आर्थिक प्रतिवेदन पारित गरिएको थियो भने चालु आ.व. ०८२÷०८३ को वार्षिक योजना प्रस्तुत गरिएको थियो ।

वरिष्ठ अधिवक्ता भोलासिंह हमालको प्रमुख अतिथ्यतामा भएको साधारणसभाको अध्यक्षता विमलकुमार टण्डनले गरेका थिए ।
हाल दैनिक करिब डेढ सयभन्दा बढी बिरामीहरुले ओपीडी सेवा लिने गरेका छन् । जसमा ३० प्रतिशतभन्दा बढी भारतीय नागरिकहरु रहने गरेको बताइएको छ । पछिल्लो समय अस्पतालले ओपीडी सेवासँगै विशेषज्ञ चिकित्सकमार्फत शल्यक्रिया सेवा समेत सञ्चालनमा ल्याएको छ । अस्पतालले ग्रामीण तथा सीमावर्ती क्षेत्रका कान सम्बन्धी समस्या भएका बिरामीलाई सर्वशुलभ र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

स्थापना कालदेखि नै ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले बाँके, बर्दिया, सुर्खेत, दाङ र भारतको उत्तर प्रदेशसम्मका बिरामीलाई सेवा दिनुको अतिरिक्त निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आईरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *