Monday, October 13सत्यम खबर
Shadow

कबाड तस्करी, मासिक असुली गर्दै सशस्त्र प्रहरी

नेपालगन्ज, २२ असोज – कबाड व्यपारीहरुले सशस्त्र प्रहरीको चेक पोष्टबाटै खुलेआम तस्करी गरेका छन् । बर्दियाको गुलरिया नगरपालिकामा पर्ने लौकारी नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ । कबाड व्यपारीहरु सँग सशस्त्र प्रहरीले मासिक रकम असुली गरेर तस्करी गर्न नाका खुला गरेको कबाड व्यपारीहरुको भनाई ।

भारतीय कबाडका व्यपारीहरु विहान पाखा नेपाल प्रवेश गरी सकेका हुन्छन् । दिनभरी नेपालको विभिन्न ठाउ“हरुबाट गाउँगाउँ गएर कबाड खरिद गरेर सा“झ बाँके र बर्दियाको विभिन्न ठाउँको खुल्ला नाकाबाट नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भन्सार नगराई भारत लाग्ने गरेका छन् । कबाड तस्करी गराउनका लागि एजेन्ट समेत चेकपोष्टमा बसेर कबाड लिएर आवत–जावत सहज गराउने गरेका हुन्छन् । राजापुर भन्सार कार्यालयका सुचना अधिकारी प्रमोद कुशवाहाका अनुसार कागजका कार्टुन लग्ने साईकल होस या गाडी नै हामी भन्सार गराएरै छोड्छौँ तर लौकाही नाकाबाट दैनिक सैँयौँ साइकल प्रशासनलाई चुनौती दिन्दै तस्करी भइरहेको छ ।

एकतिर भन्सार छली हुन्छ भने अर्को तिर नेपाली उद्योगीहरुले आफ्नो देशमा उत्पादन भएका कबाडहरु आफ्नो देश मै कच्चा पदार्थको रुपमा प्रयोग गर्न नपाए भित्र राष्ट्र भारत लगायत अन्य देशबाट कच्चा पदार्थ आयत गर्दा लाग्ने भन्सार शुल्क बच्ने र सामान उत्पादनमा बजारको बिक्री मुल्य भन्दा कम हुने थियो । त्यसैलाई मध्यनजर गर्दै सरकारले कबाड निकासीमा प्रतिकेजी दश रुपैँया भन्सार शुल्क लगाएको छ । भन्सार शुल्क प्रतिकेजी दश रुपैँया लगाए सँगै कबाड व्यवसायीहरु साईकल मार्फत भारत तर्फ निकासी गर्न थालेका छन् । उनी भारत तर्फ कबाड निकासी गर्दा साईकलमा कम मात्रामा निकासी गर्दा प्रशासनको ध्यान नजाने भएकोले भन्सार शुल्क तिर्न नपर्ने भएकोले साईकलमा निकासी गर्न लागेको नेपालगन्ज भन्सार कार्यालय बाँकेका प्रमुख जनार्दन पौडेलले जानकारी गराए ।

पहिला नेपालमा उद्योग कम भएको कारणले कबाड निकासी गर्नमा सरकार र व्यवसायीहरुका पनि त्यति ध्यान थिएन । तर नेपाल मै उद्योगहरुको स्थापना थपिन्दै गएको र सामान उत्पादन गर्नका लागि भारतको बाटो हु“दै विदेशबाट समेत कच्चा पदार्थ आयत गर्नु पर्ने भएको कारणले उद्योगीहरु कबाडलाई भारतमा भन्दा नेपाल मै बिक्री गरे उद्योगीहरुलाई प्रतिकेजी दश रुपैया“सम्म कम हुने थियो । उनले भने, कबाड व्यवसायीहरुले भारतमा लगेर बिक्री गर्दा नेपालमा भन्दा दश रुपैँया महंगोमा बिक्री हुने भएकोले त्यहाँ लगेर बिक्री गर्ने गरेका छन् ।

कबाडको भन्सार प्रतिकेजी दश रुपैँया नभएको बेला व्यपारीहरुले ट्रकमा लगेर बिक्री गर्दा प्रति ट्रक एक सय दश रुपैँयाको दरले भन्सार शुल्क उठाउ“दा एक बर्षमा ७२ लाखसम्म विगतमा राजस्व उठ्ने गरेको थियो तर प्रतिकेजी दश रुपैँयाको दरले भन्सार शुल्क लगाउ“दा कबाडबाट उठ्ने शुल्क शुन्य भएको प्रमुख पौडेलले जानकारी गराए । कबाड कसरी तस्कारी हुन्छ, जानकारी हुँदैन तर दैनिक लाखौँ रकमको कबाड तस्कारी भएको पाईन्छ । कम मात्रामा निकासी गर्न लागेका कबाडीहरुलाई राजस्व लिने कुरा भएन तर पनि रोकथाम गर्दा गर्दै तस्करी भएको छ । उनले भने, यो कुनै नौलो होइन कबाडीहरुको पुरानै तरिका हो । कबाड निकासी गर्नका लागि बाँकेको मात्र नभएर नेपालगन्ज भन्सार कर्णाली प्रदेशको समेत कबाडहरु यहाँबाटै निकासी हु“दै आइरहेको छ ।

यता सरकारले प्रतिकेजी दश रुपैँया भन्सार शुल्क लगाउ“दा कबाडबाट हुने राजस्व संकलन भएको छैन । जुन हरेक बर्ष लाखाँैँको राजस्व संकलन हु“दै आएको थियो । यता थोकका कबाडीहरुले फुट्कर कबाडीहरु सँग कबाड खरिद गर्न नपाउ“दा कारोबारमा समेत मन्दि अएको नेपालगन्जका कबाडी व्यवसायी सालिम कबडियाले बताए । बर्षौदेखि कबाड किनबेच गरेर गुजारा गर्दै आएको पुस्तौँ वितिसकेको छ । सरकारले कबाडहरुलाई ट्रकमा भारत निकासी गर्न दिदाँ फुट्कर कबाडीहरु गाउ“ र पसलहरुबाट संकलन गरेर हामी कहाँ बिक्री गर्थे तर भारतमा कबाडका सामानहरु नेपालभन्दा प्रतिकेजी दश रुपैँयाका दरले नाफा पाउने भएको कारणले अवैध बाटो भएर भारतमा कबाड तस्करी गरहेका छन् । उनले भने, भारतको मुल्यमा यहाँ बिक्री गर्न कठिन हुन्छ यहाँ खरिद गरेर भारत बिक्री गर्नका लागि गाडी भाडा र भन्सार तिर्दा महंगो पर्न जाने भएको कारणले यहाँ भारतीय व्यापारीको प्रतिस्पर्धा गर्न सकिंदैन ।

यता स्वादेश मै कबाड खरिद गरेर समान उत्पादन गर्न पाए व्यापारीहरुलाई समेत सहज हुने कागज छापाखानका सञ्चालक हरी पौडेलले जानकारी गराए । पहिला यहाँ उत्पादन भएका कागजहरु कम मुल्यमा पाउने गरेका थियौँ तर दिन प्रतिदिन कागजको उद्योग बढ्दै गएको छ । सरकारले कबाडमा प्रतिकेजी दश रुपैयाँ नभएर २ देखि ३ रुपैयाँ राजस्व लगाएको भए र कबाड व्यवसायीहरुले कबाडको मुल्य थोरै भएपनि बृद्धि गरेर खरिद भएको भए राजस्व सकंलन पनि हुने र अवैध कबाड निकासी पनि रोकिने थियो– उनले भने ।

सरकारले कबाडमा राजस्व न्यूनतम् मुल्य तोकेर निकासी गर्न दिएर यहाँका कबाड व्यवसायीहरुलाई फुट्कर बनाएर अवैध निकासी रोकेमा ट्रकबाट लिने गरेको एक सय दश रुपैँया राजस्व हरेक बर्ष त्यो भन्दा दोब्बर हुने अवस्था देखिन्छ, जसकारण सरकारले कबाडमा न्यूनतम् राजस्व तोक्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *