Sunday, September 28सत्यम खबर
Shadow

विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

नेपालगन्ज, १२, असोज – विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त लागु औषधको प्रयोगले समाजका नकरात्मक प्रभाव पारेको बताएका थिए ।

उनीहरुले किशोर तथा किशोरीले समेत लागुऔषधको सेवन गरी विभिन्न हिंसाका घटना घटाएको बताएका थिए । महिलाहरुले बाल विवाह, बहु विवाहको समस्याले पनि किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन ।

सहभागीहरुले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा महिला तथा बालिकासंग विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक प्रेम त्रिपाठी, महिलाहरु माया सापकोटा, सिता चौधरी, सविता परियार, निशा थारु, शकिना खान, जामेरुन खाँ, कृपानन्द झाँलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, महासचिव अधिबक्ता केवलसिंह थारुले लगायतल बोल्नुभएको थियो । महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *