
जानकी, ४ मंसिर – जानकी गाउँपालिका वडा नं. १ का गरिब, विपन्न तथा एकल परिवारलाई राहत वितरण गरिएको छ ।
गैर सरकारी संस्थाको आर्थिक सहयोग र एकता शिक्षा समाज कल्याण संस्थाको आयोजनामा गरीब, असहाय र विपन्न तथा एकल महिलालाई राहत वितरण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सकिल अहमद राईले जानकारी गराउनुभयो ।

कोभिड–१९ कोरोना महामारीको बेला कसैलाई भोकै सुत्न नपरोस भन्ने भावनाका साथ जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा वितरण गरिएको राहत सामग्रीमा २ पोका चामल, दुई पोका दाल र २ पोका नुन लगायत खाद्यय सामग्री रहेको अध्यक्ष राईले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा जानकी गाउँपालिका वडा नं. १ का कर्मचारी सोहराब खाँ, शिवकुमार शुक्ला, बास उपशाखाका अध्यक्ष मधु सुनार, सदस्य चाँदनी सुनार लगायतको उपस्थिति रहेको अध्यक्ष राईले बताउनुभयो ।

एकता शिक्षा समाज कल्याण संस्थाका मोहितकुमार मिश्रा, मो. उमर तेली, फरमान साई, सलमान कबडिया, जुबेर कबडिया, राकेशकुमार राढ, इरफान बागवान, पवनकुमार वर्मा, रामकुमार धोबी तथा संस्थाका सल्लाहकार उमेशनाथ मिश्रालगायतले राहत वितरण कार्यक्रममा सहयोग गरेको अध्यक्ष राईले बताउनुभयो ।
