Monday, September 29सत्यम खबर
Shadow

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा संवाद कार्यक्रम सम्पन्न

नेपालगन्ज, १९ भदौ – मानव बेचबिखन नियन्त्रण गर्नका लागि बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय तथा लैंगिक हिंसा विरुद्धको निगरानी संजालको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा गरीएको संवाद कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा समुदायका नागरिकहरुले भोगिरहेका समस्या तथा जिज्ञाशाहरु मथि सरोकारवालाहरु संग सवाल जवाफ गरीएको थियो । कार्यक्रममा समुदायका सवालहरु सम्बोधन गर्दे प्यानलमा सहभागी विशिष्ठ ब्यक्तिहरुले खुला सिमाना, गरिबी, बेरोजगारी, लैंगिक असमानता, शिक्षा र सीपको कमीले गर्दा महिला, बालबालिका र युवाहरु बढी जोखिममा रहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायधिवक्ता दशरथ गौतमले मानव बेचबिखन बिरुद्ध कानुनी संरचना, राष्ट्रिय कार्ययोजना र विभिन्न अभियानहरु भएपनि चुनौतीहरु उस्तै गम्भिर रुपमा रहेको बताउनुभयो । उहाँले यसका लागि तिनै तहका सरकार, कानुनी निकाय, सुरक्षा निकाय, संघ संस्था र समुदायले आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले स्थानीय तहले मानव बेचबिखन नियन्त्रण गर्नका लागि कोष स्थापना देखि लिएर विभिन्न संघसंस्थाको समन्वयमा सचेतनामूलक कार्यक्रम गर्दे आएको बताउनुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका बरिष्ठ महिला बिकास अधिकृत अधिकृत पवित्रा कुमारी पुरीले अनुसन्धान र प्रमाण संकलनमा कठिनाई हुने गरेका कारण पनि मानव बेचबिखको सवालमा काम गर्न चुनौती थपिएको बताउनुभयो ।

यस्तै कार्यक्रममा लैंगिक हिंसा बिरुद्धको निगरानी संजालका अध्यक्ष केशव कोइरालाले मानव बेचबिखन संग जोडिएका मुद्धाहरुलाई प्राथमिकताका साथ उठान गरीनुपर्ने बताउनुभयो । उहाँले यसका लागि विभिन्न संघ संस्थाहरुले समन्वय र सहकार्य गरेर काम गरीरहेको जानकारी पनि गराउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले मानव बेचबिखनको पछिल्लो स्वरुप अनुसार सीमा क्षेत्रमा निगरानी बढाइएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुका तर्फबाट लोचन केसी, दिपा झा, आशा खड्का, आशाकुमारी बिक र दिपिका देबकोटा लगायतले प्रश्न गर्नुभएको थियो । कार्यक्रममा समुदाय स्तरका ६० बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन बिरुद्ध एक हुने र समस्या समाधानका लागि एकजुट हुने भनेर प्रतिबद्धता पनि ब्यक्त गरेका छन । संवाद कार्यक्रम समापन पछि सहभागीहरुले ब्यानगर प्रर्दशन गर्नुका साथै सचेतनामूलक नारा समेत लगाएका थिए । दिवसको पुर्वसन्ध्यामा गरीएको कार्यक्रममा समुदायका ब्यक्तिहरुले आफूले भोगिरहेका समस्याहरु खुलेर बताएका थिए ।
दिवस अन्र्तगत सरोकारवालाहरु बीच छलफल, विद्यालय स्तरीय कार्यक्रम, मानव वचेविखन विरुद्धको छड्के अनुगमन लगायतका कार्यक्रमहरु पनि गरिने जनाइएको छ ।

साथै बालश्रमको अनुगमन समेतलाई कार्यतालिकामा प्राथमिकताका साथ राखिएको र बालश्रमिक राखेका ब्यावसायी तथा उद्योग, ग्यारेजलाई आफ्नोमा भएका बालश्रमिकलाई तुरुन्त पुर्नस्थापना नगरे ससक्त कारबाही गरीने नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका बरिष्ठ महिला बिकास अधिकृत पविता कुमारी पुरीले बताउनुभयो ।

कार्यक्रमको सहजिकरण पत्रकार साबित्री गिरीले गर्नु भएको थियो । कार्यक्रमममा सहयोग र सहकार्य माइती नेपाल, शक्ति समूह, ए एच एफ नेपाल, रेडियो कृष्ण्सार, साथी संस्था, ज्ञान नेपाल, साना हातहरु, आइएनएफ नेपाल, आरएचइएसटी, किन नेपाल, अभियान नेपाल, शान्ति पुर्नस्थापना गृह र आशिष सामाजिक सेवा नेपाल लगायतका संघ संस्थाहरुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *